मतदानस्थलमै भोट माग्दै नेता-कार्यकर्ता

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान मतदान सुरु भइसक्दा पनि नेपालगन्ज उपमहानगरपालिकामा भने कतिपय उम्मेदवार र दलका नेताहरूले मतदानस्थलमै पुगेर भोट मागिरहेका छन् ।

आचारसंहिता विपरीत दलका उम्मेदवारले मतदान स्थलबाट चुनावी प्रचार सामग्रीसमेत हटाएका छैनन् । शुक्रबार बिहान नेपालगन्जको वडा नं १२ स्थित अहिले उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका हुन् ।

यद्यपि सुरक्षाकर्मी र स्यवंसेवकहरूले उनीहरूमाथि कारबाही गर्न सकेका छैनन् । शुक्रबार बिहान सात बजेदेखि देशभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन-२०७९ को मतदान सुरु भएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *