चार कम्पनीका ७.८९ लाख कित्ता शेयर लिलामीमा बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले चार कम्पनीमा रहेको ७ लाख ८९ हजार ७९९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक, नेसनल लघुवित्त, मेरो माइक्रोफाइनान्स र नेरुडे मिर्मिरे लघुवित्तका शेयर बिक्रीमा राखेको हो ।

जसमा कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेसनल लघुवित्तको १ लाख ७ हजार ४८४ कित्ता, मेरो माइक्रोफाइनान्सको ७८ हजार २०९ कित्ता र नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता शेयर रहेको छ।

बिक्रीमा राखिएको शेयरमध्ये कुमारी बैंकको प्रतिकित्ता १०० रुपैयाँ, नेसनल लघुवित्तको ६७५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ३७५ रुपैयाँ र नेरुडे मिर्मिरे लघुवित्तको ३३४ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

बोलपत्र मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ १ गतेसम्म तोकिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *