सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, तीन लाख ४७ हजार आवेदकले मात्रै पाए शेयर

काठमाडौं। सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट बिक्री प्रबन्धक एनएमबी क्यापिटल कार्यालयमा गरिएको हो।

कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३ लाख ६६ हजार ९५० कित्ता सेयर माग भएको थियो।

आईपीओमा २७ लाख ३० हजार ९८७ आवेदकबाट माग भएको २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयर सदर भएको छ भने ३७ हजार ७५६ आवेदकबाट माग भएको ४ लाख ६० हजार ४३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएकोमा भाग्यमानी ३ लाख ४७ हजार ४९० आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *