निर्माण व्यवसायी गौली पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकाे टाेलीले गौलीलाई काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ गरेकाे हाे ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको सीईबीले जनाएको छ ।

पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *