कृष्णप्रसाद सिटौला राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइए

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन्।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर कमला पन्त लाई उक्त जिम्मेवारी दिएका हुन्।

आङ्देम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता पदमा नियुक्त गरेका हुन्।

सिटौलाले विशेष महाधिवेशनको विरोध गर्दै आएका थिए भने पन्त त्यसको पक्षमा थिइन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *