नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा श्रेष्ठलाई पक्राउ गरेको हाे।

नेपाल बीमा प्राधिकरणले नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बीमा सम्बन्धी ऐनको दफा १४० को उपदफा(१)को खण्ड(६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख भइआएको प्रहरीले जनाएको छ । सोही आधारमा सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५बाट अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *