९ महिनामा नेपाल बैंकको नाफा करिब ३ अर्ब

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.३४ प्रतिशतले बढेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपयाँ ३४ पैसा छ । प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा छ । बजारमा प्रतिसेयर कारोबार मूल्य पनि सोही हाराहारीमै छ ।

बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४. ९६ प्रतिशत छ । पहिले यस्तो कर्जा ५.४५ प्रतिशत थियो ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ।

बैंकको लाभांश बाँड्ने क्षमता कमजोर छ । वितरणयोग्य मुनाफा जम्मा ३२ करोड १३ लाख अर्थात् प्रतिसेयरमा २ रुपैयाँ ९२ पैसा मात्र छ। बैंकको आधार दर घटेर ४.७१ प्रतिशतमा झरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *