काठमाडौँ । बढ्दो महँगीका कारण विद्यार्थी जीवन कष्टकर बन्दै गएको भन्दै अमृत क्याम्पस (अस्कल) का विद्यार्थीहरूले सोमबार सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा कक्षाकोठामै ‘डिजिटल’ माध्यम प्रयोग गर्दै साङ्केतिक आन्दोलन गरिएको हो।
स्ववियू सभापति रुद्रहरि पोखरेलका अनुसार विद्यार्थीहरूमाथि थपिएको आर्थिक भार र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन कक्षाकोठामै डिजिटल प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘महँगीको मार, विद्यार्थीमाथि भार, ४५ प्रतिशत छुट दे सरकार !’ र ‘महँगी नियन्त्रण गर, नत्र आन्दोलनको सामना गर !’ जस्ता नाराहरू सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सार्वजनिक गरेका थिए।
Artha Sanjal






