भोट हाल्न घर गएका युवा मृत फेला, गठबन्धनले हत्या गरेकाे आरोप

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- १ खोक्लिङमा बुधबार राति एक युवकको शव भेटिएको छ ।

मृतक स्थानीय विमल कार्की रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए । कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर जान्छु भन्दै विमल बुधबार दोभानबाट पैदलै निस्किएकाे प्रहरी प्रमुख राईले जानकारी दिए ।

विमलको भवितव्यले मृत्यु भएको वा हत्या भएको भन्ने केही स्पष्ट हुन नसकेको उनले बताए । पोष्टमार्टम रिपोर्ट नआइकन केही भन्न सकिँदैन;, राईले भने ।

उनका अनुसार सडक किनारमा झोला र मोबाइल भेटिएपछि तल खोज्दै जाँदा सडक किनारबाट झण्डै ३ सय मिटर तल विमलको शव भेटिएको थियो ।

ताप्लेजुङका सांसद योगेश भट्टराईका प्रेस सल्लाहकार प्रेम गुरागाईंले भने गठबन्धनले विमलको अपहरणपछि हत्या गरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *