बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने

काठमाडौं ।२५७०औँ बुद्धजयन्ती का अवसरमा १८ वैशाखमा लुम्बिनी मा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह जाने भएका छन् ।

लुम्बिनी विकास कोष का अनुसार प्रधानमन्त्री शाहले कार्यक्रममा सहभागी भई पूजाआजामा सहभागी हुनेछन् ।

यद्यपि, यसपटक औपचारिक सम्बोधनको कार्यक्रम नराखिएको कोषले जनाएको छ ।

अघिल्ला वर्षहरूमा राष्ट्र वा सरकार प्रमुखले समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष उक्त अभ्यासलाई निरन्तरता दिइएको छैन ।

कोषका सूचना अधिकृत राजन बस्नेत का अनुसार प्रधानमन्त्रीको कार्यतालिका पूजामा सहभागितासम्म सीमित रहनेछ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल र रुपन्देही–५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान लगायतको उपस्थिति रहनेछ ।

बिहान ५ बजे सुरु हुने कार्यक्रम करिब ६ बजेसम्म सम्पन्न गर्ने तयारी छ ।

कोषको संरक्षकका रूपमा प्रधानमन्त्री रहने कानुनी व्यवस्थाअनुसार उनको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *