काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने तय गरिएको छ।
सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’का अनुसार सभापति गगन थापाले सहमतिका आधारमा संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ। कार्यसम्पादन समिति बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सांसदहरूसँग थप छलफल गर्ने कार्यसूची पनि रहेको उनले जानकारी दिए।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।
सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।
Artha Sanjal






