नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् ।

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ ।

उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् । दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *