काठमाडौं । सरकारले देशभरका कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीको दैनिक उपस्थितिको अभिलेख विद्युतीय प्रणालीमार्फत गर्न अनिवार्य व्यवस्था गर्न आग्रह गरेको हो।
उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्थामा कर्मचारीको दैनिक उपस्थिति (आएको र गएको समय) को विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीमार्फत नै अभिलेख गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
साथै प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न पनि मन्त्रालयले भनेकाे छ ।
Artha Sanjal







