सिद्धार्थ इक्विटी फण्ड २’ निष्काशन गर्दै सिद्धार्थ क्यापिटल

काठमाडौं।सिद्धार्थ क्यापिटलले यही वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
निष्काशन गरिने कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
यो योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
योजनाको इकाईमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *