काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोसी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।
यस्तै, आज राती देशका हिमाली भूभागमा साधारणता बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।






