सभामुखद्वारा १० सांसदको संसदीय समिति हेरफेर

काठमाडौँ । प्रतिनिधि सभामा संसदीय समिति हेरफेर गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १० सांसदको समिति सदस्यता परिवर्तन गरेका हुन्।

प्रतिनिधि सभाका सचिव हर्कराज राईद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन सुरु भएपछि सहमतिको लागि प्रस्ताव पेश गर्ने गरी यो हेरफेर गरिएको हो।

हेरफेरअनुसार संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा नियुक्त भएका छन्।

त्यसैगरी राम लामालाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पुर्‍याइएको छ । गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ल्याइएको छ ।

दीपकराज बोहरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, बब्लु गुप्ता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा ल्याइएको छ ।

रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, हरि प्रसाद भुसाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *