काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुहरूको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका छन्।
बिहीबार उनीहरूले माइतीघर मण्डलामा भेला भई मूल्यवृद्धि नियन्त्रण गर्न, राहत प्याकेज घोषणा गर्न र पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका हुन्।
Artha Sanjal






