मन्त्रालयका सबै गाडीको विवरण बुझाउन प्रधानमन्त्री कार्यालयको २४ घन्टे अल्टिमेटम

काठमाडौँ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्नो मातहतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

सचिवस्तरीय निर्णयअनुसार मन्त्रालय, विभाग तथा मातहतका कार्यालयहरूमा प्रयोग भइरहेका र मर्मतमा रहेका सबै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको विवरण माग गरिएको हो। सबै मन्त्रालयलाई तोकिएको ढाँचामा २०८३ वैशाख ३ गतेभित्र विवरण अनिवार्य रूपमा बुझाउन भनिएको छ।

माग गरिएको विवरणमा सवारी साधनको ब्रान्ड र मोडल, नम्बर प्लेट, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम र पद, साथै सवारीको वर्तमान अवस्था (चालु वा मर्मतमा) समावेश गर्नुपर्नेछ।

यस पहलको उद्देश्य सिंहदरबारभित्र रहेका सवारी साधनहरूको वैज्ञानिक व्यवस्थापन गर्नुका साथै सरकारी स्रोतहरूको उचित प्रयोग भए–नभएको अनुगमन गर्नु रहेको बुझिएको छ। उक्त निर्देशन शाखा अधिकृत आनन्द राम श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *