काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गरी समितिले प्रतिवदन बुझाएको छ ।
कांग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले आज प्रतिवेदन पार्टीलाई हस्तान्तरण गरेको हो । प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले यसै आधारमा नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरे ।
‘नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन समिति गठन गरेको थियो । अध्ययन गरेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी थियो,’ उनले भने, ‘५२ पेजको प्रतिवेदनमा समष्टिगत रुपमा जेनजी आन्दोलनबारे भदौ २३ धेरै उल्लेख गरियो २४ का घटनालाई नजरअन्दाज गरियो । योसहित हामीले धेरै कुरा खुलाएर प्रतिवेदन बुझाएका छौं ।’






