सानिमा बैंकको ‘बस सेवा क्यासब्याक’ अभियान पुनः सञ्चालन

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा गर्दै ‘बस सेवा क्यासब्याक’ अभियान पुनः सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बस सेवामार्फत बस टिकट खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

नेपालभित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम २०० सम्म र भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यो योजना यही वैशाख १ देखि आउँदो असोज ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

यसमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *