मन्त्रीहरूको घरजग्गा विवरण सार्वजनिक, गृहमन्त्री गुरुङको सबैभन्दा धेरै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूसँग देशका विभिन्न जिल्लामा उल्लेख्य जग्गा रहेको देखिएको छ।

विवरणमा उल्लेख भए अनुसार सबैभन्दा धेरै जग्गा गृहमन्त्री सुधन गुरुङको रहँदा सबैभन्दा कम कानुनमन्त्री सोविता गौतमको रहेको देखिन्छ । मूल्यको आधारमा भने शिक्षामन्त्री सस्मित पोखरेलको जग्गा सबैभन्दा धेरै देखिन्छ ।

यस्ताे छन्  विवरण

१. प्रधानमन्त्री बालेन्द्र शाह

महोत्तरीमा ९ बिघा, काठमाडौँमा ५ आना (घरले चर्चेको) र धनुषामा १.२ बिघा (घरले चर्चेको) गरी कुल १०.२ बिघा र ५ आना।

२.अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँको चन्द्रागिरिमा ३ रोपनी, गोरखाको सहिद लखन र गोरखा नगरपालिकामा समेत गरी ८ रोपनी र चितवनमा ५ कठ्ठा, तनहुँमा ६ रोपनी । ललितपुरको सानेपामा १२८४ वर्गमिटर (झण्डै ४० आना) ललितपुरकै भैँसेपाटीमा ३ आना, धुलिखेलमा ९ आना र बन्दीपुर ३ आना ।

३.परराष्ट्रमन्त्री शिशिर खनाल

तनहुँमा १५ रोपनी, पूर्वी नवलपुरमा १२ रोपनी र नेपालगञ्जमा २ कठ्ठा र काठमाडौँको टोखामा ६ आना ।

४. गृहमन्त्री सुधन गुरुङ

धनकुटामा १९ रोपनी १५ आना, चितवनमा ३० कठ्ठा र गोरखामा (बाजेको नाममा) २२१ रोपनी गरी जम्मा २४० रोपनी १५ आना र ३० कठ्ठा।

५. ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

काठमाडौँको दुई ठाउँमा कुल ६ आना र घर ।

६. भौतिक तथा शहरी विकासमन्त्री सुनिल लम्साल

नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर र स्याङ्जामा २९ रोपनी ।

६. कानुनमन्त्री सोविता गौतम

भरतपुर महानगरपालिकामा ६७७.२६ वर्गमिटर । काठमाडौँमा भएको जग्गाको क्षेत्रफल उल्लेख नभएको ।

८. महिला मन्त्री सीता वादी

सुर्खेतमा विभिन्न स्थानमा गरी कुल ६४४०.३० वर्ग मिटर (झण्डै १२.६६ रोपनी) ।

९. भूमि तथा संघीय मामिला मन्त्री प्रतिभा रावल

काठमाडौँको बुढानीलकण्ठमा ५ आना र बाराको कोल्हवीमा १७ धुर ।

१०. स्वास्थ्यमन्त्री निशा मेहेता

काठमाडौँको सौखेलमा ७ आना र महोत्तरीमा ८ बिघा ।

११. शिक्षामन्त्री सस्मित पोखरेल 

काठमाडौँ र ललितपुरमा १३ रोपनी ६ आना ३ पैसा २ दाम, मोरङमा १ कठ्ठा र काठमाडौँ गोकर्णेश्वरमा १३५.१४ वर्ग मिटर ।

१२. पर्यटनमन्त्री खडक राज पौडेल 

कास्कीको पोखरा–१४ मा तीन कित्ता गरी कुल ५२६०.६७ वर्ग मिटर (झण्डै १ रोपनी) ।

१३. सञ्चारमन्त्री  विक्रम तिमिल्सिना

काठमाडौँमा दुई स्थानमा गरी कुल ३१७.५५ वर्ग मिटर (झण्डै १० आना) ।

१४. कृषिमन्त्री गीता चौधरी

बर्दियामा ४८४२.५० वर्गमिटर र रुपन्देहीमा ११५० वर्ग मिटर (जम्मा १७.६९ कट्ठा) ।

१५. उद्योगमन्त्री गौरी कुमारी यादव 

काठमाडौँमा २१ आना २ पैसा १ दाम तथा महोत्तरी र नवलपरासीमा गरी कुल ५ बिघा १३ कठ्ठा।

१६. श्रममन्त्री रामजी यादव 

सप्तरीको राजविराजमा विभिन्न कित्ता गरी कुल १ बिघा १ कठ्ठा ३ धुर ।

भूमि सम्बन्धी कानुन अनुसार हदबन्दी

भूमि सम्बन्धी ऐन २०२१ अनुसार तराईमा १० बिघा, काठमाडौँ उपत्यकामा २५ रोपनी र पहाडी क्षेत्रमा ७० रोपनीसम्म मात्र जग्गा राख्न पाइन्छ। सो सीमाभन्दा बढी भए हदबन्दी लाग्ने कानुनी व्यवस्था छ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *