काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक कार्यक्रमहरूमा परम्परागत रूपमा दिइने ‘पिर्के सलामी’ नलिने भएका छन्।नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय निरीक्षणका क्रममा उनले आफूले यस्तो सलामी नलिने निर्णय गरेका हुन्।
विभिन्न सुरक्षा निकायको निरीक्षणमा निस्किएका गृहमन्त्री गुरुङलाई नवलपुरमा सशस्त्र प्रहरी बलका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए।
सोही अवसरमा गृहमन्त्रीले सुरक्षा निकायले दिने औपचारिक सलामीको परम्परागत शैलीमा परिवर्तन गर्दै पिर्कामा उभिएर सलामी नलिने बताएका हुन्।
Artha Sanjal






