सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टीकरण

सत्तारुढ गठबन्धनसम्बद्ध पत्रकार संगठनहलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि सत्ता गठबन्धननिकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।

आयोगले नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेले बताए ।

पाँच संगठनका नेताहरूले विज्ञप्तिमा राष्ट्रिय एकता कायम गर्न, संविधान रक्षा गर्न, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न भनेका थिए ।

आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिताविपरीत र पत्रकारिताको आचारसंहिताविपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ । आयोगले यसरी पक्षधरता देखाएर विज्ञप्ति जारी गर्नु आचारसंहिताविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *