दुई दिनभित्र ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेल को इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। यद्यपि अदालतले परमादेश जारी गर्दै तेस्रोपटक थपिएको हिरासतको म्याद पुनः नथप्न निर्देशन दिएको छ।

अदालतको आदेशमा चैत २१ गतेदेखि लागू हुने गरी तेस्रोपटक ५ दिनको म्याद थप अनुमति गरिएको अवधिभित्र अनुसन्धान कार्य सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न भनिएको छ। सो अवधिभित्र निर्णय हुन नसकेमा उक्त म्याद सकिएपछि कानुनी प्रक्रिया पूरा गरी दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै, हिरासत मुक्त गरेपछि आवश्यक थप अनुसन्धान तथा अन्य प्रक्रिया अघि बढाउन सकिने अदालतले स्पष्ट पारेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *