ब्रम्हज्योति होल्डिङ्सको आईपीओ तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । ब्रम्हज्योति होल्डिङ्स लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।

कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।

यससम्बन्धी सम्झौतामा ब्रम्हज्योतिका प्रवन्ध सञ्चालक राम प्रसाद पाण्डे र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन ले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

ब्रम्हज्योति होल्डिङ्सले बाग्लुङ र गुल्मी जिल्लामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

साथै कम्पनीले देशका विभिन्न स्थानमा कृषि, होटल तथा रिसोर्ट क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *