पूर्वमन्त्री खड्का थप ७ दिन हिरासतमा रहने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडाैँले अनुमति दिएको छ । न्यायाधीश जगत पाैडेलकाे एकल इजलासले थप सात दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। यसअघि काठमाडाैँ जिल्ला अदालतले सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *