शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको हो। बहसपछि अदालतले अनुसन्धानका लागि म्याद थप गरेको जनाएको छ।

अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। यसअघि २०७६ सालमा थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पनि उनी पक्राउ परेका थिए।

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *