सुदूरपश्चिम प्रदेश बजेट तयारीमा, आकार ३० अर्ब आसपास हुने अनुमान

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार ले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रारम्भिक तयारी थालेको छ। स्रोत अनुमान समितिका बैठकमार्फत बजेटको आकार र स्रोतबारे टुंगो लगाउने काम भइरहेको जनाइएको छ।

प्रदेश सरकारले आगामी वर्षको बजेट करिब ३० देखि ३१ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान गरेको छ। संघीय सरकारबाट करिब ९ अर्ब रुपैयाँ समानीकरण अनुदान आउने प्रक्षेपण गरिएको छ।

प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेपछि प्रदेशले थप अनुदानसमेत पाउने भएको छ। यद्यपि चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन कमजोर देखिएको छ।

सरकारका अनुसार राजनीतिक गतिविधि र आन्दोलनका कारण विकास बजेट खर्च प्रभावित भएको हो। अब बाँकी अवधिमा खर्च बढाएर असार मसान्तसम्म प्रगति सुधार गर्ने लक्ष्य राखिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *