मुस्ताङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जोमसोम कार्यालयका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा मुस्ताङमा ४३ हजार ६५ विदेशी पर्यटक भित्रिएका छन्।
कार्यालय प्रमुख राजेश गुप्ता का अनुसार उक्त अवधिमा सार्क मुलुकबाट ३७ हजार ९८९ र अन्य देशबाट ५ हजार ६७ पर्यटक मुस्ताङ पुगेका हुन्।
गत वर्षको सोही अवधिमा २८ हजार ७४४ पर्यटक मात्रै आएकोमा यस वर्ष उल्लेख्य वृद्धि भएको छ। तथ्यांकअनुसार सार्कतर्फ करिब ३४.५९ प्रतिशत र अन्य मुलुकतर्फ २३.०९ प्रतिशतले पर्यटक बढेका छन्।
एक्यापका अनुसार सन् २०२४ मा १ लाख ३५ हजार ७१९ र सन् २०२५ मा १ लाख ६१ हजार १२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
Artha Sanjal






