पर्सा अदालतले रविलाई दियो वारेसको अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।

लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए। सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए।

बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे बमोजिम आदेश जारी गरेको हो।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्नका लागि वारेस पाएका हुन्।

‘उहाँले वारेसका लागि अनुमति पाउँ भन्नुभएको थियो। आज अनुमति भएको छ,’ उनले भने। योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ। रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *