काठमाडौं। अर्थ मन्त्रालयले आज राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्दै छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्।
यस्तै, राजस्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुख पनि बैठकमा सहभागी हुनेछन्।
राजस्व छली र चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा अर्थमन्त्री डा।वाग्लेले बैठकमा महत्वपूर्ण निर्देशन दिनेछन्। बिहान ११ बजे सुरु हुने बैठक एक घन्टाका लागि तय भएकोको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।
बैठकपछि बैठकका छलफल र निर्णयबारे सञ्चार माध्यमलाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता पाण्डेयले भिडियो, फोन वा विज्ञप्तिमार्फत जानकारी गराउनेछन्।
Artha Sanjal






