एमाले संसदीय दलको नेतामा बादल र सुहाङको दाबी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा (बादल) र सुहाङ नेम्वाङ ले दाबी गरेका छन्।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा बादललाई सर्वसम्मत रूपमा नेता बनाउने विषयमा छलफल भइरहेको एक सांसदले जानकारी दिएका छन्। तर, सुहाङ नेम्वाङले “जेनजी आन्दोलनको भावना” र संसदमा युवाहरूको बढ्दो उपस्थिति उल्लेख गर्दै आफूलाई नेता बनाउँदा सकारात्मक सन्देश जाने तर्क राखेका छन्।

ती सांसदका अनुसार, प्राथमिकता सर्वसम्मत निर्णयमै छ। यदि सहमति जुट्न सकेन भने मात्र निर्वाचन प्रक्रियामार्फत दलको नेता टुंगो लगाइनेछ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिट जितेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *