निगमले बढायो हवाई इन्धनको मूल्य, पेट्रोल–डिजेल यथावत्

काठमाडौँ — नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य बढाएको छ भने पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ।

अप्रिल १ देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले वृद्धि गरिएको छ।

नयाँ दरअनुसार काठमाडौँमा आन्तरिक उडानका लागि प्रतिलिटर २५१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १७८५ अमेरिकी डलर कायम भएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र ग्यासको मूल्य बढेर आए पनि खुद्रा मूल्य समायोजन गरिएको छैन।

निगमले मूल्य समायोजन नगरे आगामी १५ दिनमा करिब १३ अर्ब रुपैयाँभन्दा बढी घाटा हुने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *