काठमाडौँ — गीता चौधरी र पूर्वमन्त्री माधवप्रसाद चौलागाई बीच वन तथा वातावरण मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ।
भेटमा चौलागाईले आफ्नो कार्यकालको प्रतिवेदन बुझाउँदै वन नीति, संरक्षण र विकाससम्बन्धी विषयमा छलफल गरेका थिए। उनले मन्त्रालयले डिजिटलाइजेशन, जलवायु व्यवस्थापन र दिगो वन विकासका क्षेत्रमा प्रगति गरेको जानकारी दिए।
वन डढेलो जोखिम न्यूनीकरण, राष्ट्रिय बाघ गणना, जैविक विविधता संरक्षण तथा वेब पोर्टलमार्फत सेवा विस्तारजस्ता कार्यक्रम कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ।
मन्त्री चौधरीले वन संरक्षणसँगै विकासका नीतिगत समस्या समाधान गर्दै सेवा प्रवाह अझ प्रभावकारी बनाइने बताइन्।
Artha Sanjal






