काठमाडौँ — स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने तथा बिरामीलाई आवश्यक सुविधा नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।
बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई दुःख दिने, सेवा नदिने, अग्रिम समय लिन बाध्य पार्ने र भेदभावपूर्ण व्यवहार गर्ने गुनासो बढेपछि यस्तो चेतावनी दिइएको हो।
स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ विपरीतका गतिविधि नगर्न बोर्डले निर्देशन दिएको छ। कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेल का अनुसार अनुगमनका क्रममा नियम उल्लंघन प्रमाणित भए कानुनअनुसार कारबाही गरिनेछ।
Artha Sanjal






