काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदल गठन गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो । शाह रास्वपाका पूर्वसांसद हुन् ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन भएको जानकारी दिए ।
कार्यदलले नेपालको संविधानमा के-के संशोधन आवश्यक रहेको छ भन्ने पत्ता लगाएर प्रतिवेदन तयार पार्नेछ ।
Artha Sanjal






