काठमाडौं । अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरिएको छ ।
अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।
डा. स्वर्णिम वाग्ले मन्त्रीमा नियुक्त भएलगत्नै उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
Artha Sanjal









