काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेसँगै शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ गर्दै छन्।
रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको शपथ एक साथ गराउने तयारी गरेसँगै रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन मन्त्री छनोट गर्न सँगै निस्किएका छन्।
वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका हुन्।
Artha Sanjal






