१९ फर्ममा वाणिज्यको अनुगमन, दुईटालाई २ लाख ११ हजार जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ।

विभागले विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई २ लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भँैसेपाटीलाई १० हजार जरिवाना गरेको जनाएको छ।

थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको बताएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ। विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *