वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन बन्द गर्दै सानिगाड हाइड्रो

काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त समूहका लागि शेयर निष्काशन खुला गरेको थियो।

कुल २ अर्ब ८५ करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएको कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई इक्रा नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ।

३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको लागत ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। शेयर निष्काशनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *