‘मैले हतासमा राजीनामा दिएको थिइनँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारे ।

उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए । उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *