कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा परिणामलाई लिएर नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले राजीनामा अस्वीकार गर्नुका आधार पनि प्रस्तुत गरेको छ ।

राजीनामा अस्वीकार गर्ने आधारहरू

  • निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
  • वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
  • राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
  • राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
  • सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेकोले
  • विशेष महाअधिवेशन पश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *