काठमाडौं। सोपान फर्मास्युटिकल्सले आजदेखि आईपीओ खुलाएको छ। कम्पनीले पहिलो चरणमा १० प्रतिशतबराबरको ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।
कम्पनीले ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ। त्यसमध्ये दोस्रो चरणमा कम्पनीले ५ प्रतिशतले २ लाख १४ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतको १ लाख ७१ हजार ६०० कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन चैत १२ सम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
Artha Sanjal






