काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को विन्दुमा बन्द भएको छ ।
आज ३६४ कम्पनीको शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ । आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९६ लाख माथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.७१ प्रतिशतका दरले गुमाएका हुन् ।






