सिटिजन्स बैंकद्वारा ४ करोड ९१ लाख हिनामिना, ५ कर्मचारी निलम्बित

विराटनगर। सिटिजन्स बैंकले झन्डै पाँच करोड रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको हो ।

बैंककै कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको तथ्य सार्वजनिक भएपछि बैंकले घटनामा संलग्न रहेका मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको थियो ।

बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेलसहित लाई ४ जना कर्मचारीलाई मुख्य आरोपी बनाइएको छ ।

कणेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् भने हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो एउटा सम्पत्ति (जग्गा) बैंकको नाममा दिइसकेकी छिन् ।

प्रहरीले थप अनुसन्धानका लागि बैंकसंग सबै कर्मचारीको विस्तृत विवरण मागेर प्रक्रिया अघि बढाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *