एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, वार्षिक ब्याज ६.२५ प्रतिशत

काठमाडौं। एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८ जारी गर्न बिक्री प्रबन्धकमा  लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ।

यसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

६ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ६.२५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *