काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम नवीकरण गर्ने निर्णय गरेको छ।
सरकारको निर्णयसँगै बिदामा आएका नेपालीलाई आफ्नो रोजगारदाता देशमा जाने बाटो खुलेको छ। मध्यपूर्वमा विकसित युद्धसँगै ती देशको श्रम नवीकरण बन्द भएको थियो।
श्रम मन्त्रालयले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपालीलाई श्रम नवीकरण गर्न अस्वीकार गरेको छ।
Artha Sanjal






