लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता

काठमाडौँ। नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच उपदान कोष व्यवस्थापन एवं सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा आज भएको उक्त सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा डा राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएको रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्ने छ।

कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउने छ।

विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी प्रदान गरिने कोषद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *