काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारू क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारू क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने महिलाबाट गीता चौधरी, उर्मिला चौधरी र करिष्मा कठरिया उम्मेदवार छन् ।
थारु क्लष्टरबाट तीन महिला पर्नेछन् भने पुरुषबाट एकजनाले प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गर्नेछन् ।
Artha Sanjal







