यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु

काठमाडौं — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरू विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेका छन्।

प्रारम्भिक मतपरिणामअनुसार काठमाडौंका अधिकांश क्षेत्रमा उक्त पार्टीका उम्मेदवार अगाडि देखिएका छन्। त्यस्तै मोरङ, धनुषा, रुपन्देही, कास्की, तनहुँ, दाङ, बाँके, झापा, बारा, भक्तपुर, ललितपुर र कञ्चनपुरका केही क्षेत्रमा पनि पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रमा मतगणना जारी छ र परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अग्रता बनाएका उम्मेदवार

निर्वाचन क्षेत्र उम्मेदवार प्राप्त मत
काठमाडौं–१ रञ्जु न्यौपाने ९,०७८
काठमाडौं–८ विराज भक्त श्रेष्ठ ७,६१७
काठमाडौं–१० प्रदीप विष्ट ६,०४२
काठमाडौं–५ सस्मित पोखरेल ३,७००
काठमाडौं–७ गणेश पराजुली २,८३३
काठमाडौं–४ पुकार बम २,५२९
काठमाडौं–६ शिशिर खनाल २,२३८
रुपन्देही–२ सुलभ खरेल ४,०७२
धनुषा–३ मनिष झा ३,९१४
मोरङ–४ सन्तोष राजवंशी ३,८८५
बाँके–१ सुरेश कुमार चौधरी २,५७४
कास्की–२ उत्तम प्रसाद पौडेल २,४१७
मोरङ–१ यज्ञमणि न्यौपाने २,२६९
कास्की–३ बिना गुरुङ २,०७४
बारा–३ अरबिन्द साह २,१६०
कास्की–१ खडक राज पौडेल १,९७८
दाङ–१ देवराज पाठक १,५१६
झापा–५ बालेन्द्र शाह १,४७६
कञ्चनपुर–२ दीपक राज बोहरा १,३८०
तनहुँ–१ स्वर्णिम वाग्ले १,३५२
बाँके–३ खगेन्द्र सुनार १,३६९
मोरङ–५ आशा झा १,२२९
चितवन–२ रवि लामिछाने २,०२५
चितवन–३ सोविता गौतम ९२५
भक्तपुर–१ रुकेश रञ्जित ८८८
ललितपुर–३ तोसिमा कार्की ६४८
रौतहट–४ गणेश पौडेल ४४३
ललितपुर–२ जगदीश खरेल २२८
कञ्चनपुर–३ ज्ञानेन्द्र सिंह महता १२९

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रमा मतगणना जारी रहेको र परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *